logo-img

भूकम्प पीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीकाे अुनरोध
फाइल तस्बिर

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जाजरकोट र रुकुम (पश्चिम) मा शुक्रबार रातिको भूकम्पमा परी जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छन् ।

आज बिहान ट्विट गर्दै उनले भूकम्पमा परी अमूल्य जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । 
    
पूर्वराष्ट्रपति भण्डारीलेले  भूकम्पपीडितको खोज, उद्धार र राहतको तत्काल व्यवस्था गर्न सम्बद्ध निकायका साथै स्वयंसेवी सङ्घसंस्थालाई आह्वान गर्दै त्यस क्षेत्रमा परकम्प गइरहेकाले आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेकी छन् । 







  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १२:२१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया