उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकोप्टरमा  प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ ।

नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकोप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०–०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । 

निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार १७:४७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया