logo-img

आइसिसी एकदिवसीय विश्वकप : पाकिस्तानले न्युजिल्याण्डलाई हरायो

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई हराएको छ । भारतमा जारी खेलमा डिएलएस मेथोडको आधारमा पाकिस्तान २१ रनले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ४०२ रनको लक्ष्य दिएको थियो । वर्षाले बिथोलिएको खेलमा पाकिस्तानले २५.३ ओभरमा एक विकेट गुमाएर २०० रन बनाएको थियो । पाकिस्तानका ओपनर फकर जमानले बनाएको अविजित १२६ रन नै पाकिस्तानको जीतको आधार बन्यो ।

यो पाकिस्तानको चौथो जित हो । जितसँगै पाकिस्तान पाँचौ स्थानमा छ । तेस्रो अवस्थामा रहेको अष्ट्रेलिया, चौथो स्थानमा रहेको न्यूजील्याण्ड तथा छैटौँ स्थानमा रहेको अफगानिस्तानको पनि समान आठ अंक छ ।



 रनरेटका आधारमा अष्ट्रेलिया र न्यूजिल्याण्ड अगाडि छन् । अफगानिस्तानले सात खेल मात्र खेलेको छ ।

पाकिस्तानको अब अन्तिम खेल इंल्याण्डसँग छ । न्युजिल्याण्डले भने लगातार चार हार बेहोरेको छ । उसको अन्तिम खेल भने कमजोर मानिएको टिम श्रीलंकासँग छ ।





  • प्रकाशित मिति : कात्तिक १८, २०८० शनिबार २०:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया