logo-img

कांग्रेस महासमितिको बैठक २९ मंसिरदेखि २ पुषसम्म बस्ने

नेपाली कांग्रेसको महासमितिको बैठक २९ मंसिरबाट सुरु हुने भएको छ । आइतबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमितिको बेठकको मिति तोकेको हो । 

महासमिति बैठक अब मंसिर २९, ३० र पुष १ र २ गते बस्नेछ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस नेता मीनबहादुर विश्वकर्माले तयारीको समय कम भएको र हलको उपलब्धता पनि त्यसअघि नभएकाले बैठक सारिएको जानकारी दिए । यसअघि कांग्रेस महासमिति बैठक १५ मंसिरदेखि गर्ने निर्णय भएको थियो । 

कार्यसमितिको बैठकले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरूको उद्धार र राहतका लागि तत्काल ५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यस्तै, अन्य रकम सहयोगका लागि पार्टीका केन्द्रीय सदस्य जिपछिरिङ लामाले ११ लाख रुपैयाँ र पूर्वसांसद तथा नेपाली काँग्रेसका नेता दिव्यमणि राजभण्डारीले ५ लाख रुपैयाँ दिने प्रतिवद्धता व्यक्त गरेको बताए । 

अन्य सहयोगका लागि पार्टीका सदस्यलाई आग्रह गरिएको र सो रकम विपद् व्यवस्थापन कोषमा जम्मा गरी सहयोग गर्ने बताए । प्रभावितहरूमाथि अन्याय नहोस् भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगसँगै सबै कामहरू गर्नेगरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भएको पनि बताए ।  

नेता विश्वकर्माले कार्य सम्पादन समितिले भूकम्प प्रभावितलाई दिइने राहतको अनियमितता हुन नदिन महामन्त्रीले स्थलगत अवलोकन गर्ने निर्णय भएको पनि बताए ।





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १३:३३:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया