logo-img

राप्रपाले जाजरकोट भूकम्पपीडितका लागि २५ लाख दिने

राष्ट्रिय प्रजातन्त्र पार्टीले जाजरकोट भूकम्पपीडितको राहत तथा पुनस्थापनाका लागि २५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

आइतबार बसेको राप्रपा पदाधिकारी बैठकले पार्टीका संघीय सांसद तथा प्रदेश सभा सदस्यको एक महिनाको तलब र पार्टीको तर्फबाट गरी २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने निर्णय गरेको पार्टी कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए । 

त्यस्तै, सो पार्टीले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्यमा पार्टीको तर्फबाट सहयोग गर्न जाजरकोटमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीको संयोजकत्वमा र रुकुम पश्चिममा सहायक महामन्त्री सुरेन्द्रबहादुर शाहको संयोजकत्वमा टोली खटाउने निर्णयसमेत गरेको छ । 

जाजरकोट र रुकुम पश्चिम जिल्लाका कार्यक्रम १५ मंसिरसम्मका लागि स्थगित गर्ने र देशभर पार्टीले गर्ने आमसभा, विरोधसभा तथा प्रदर्शनका कार्यक्रम कात्तिक मसान्तसम्म स्थगित गर्ने निर्णय भएको पनि उनले बताए । 





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १६:२८:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया