सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु

नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको सिक्का बिक्री सुरु गरेको छ । आइतबारदेखि राष्ट्र बैंक टक्सार महाशाखाले असर्फी र चाँदीका सिक्का बिक्री सुरु गरेको हो ।

चाँदीको सिक्का १० ग्राम र २५ ग्राम र सुनका असर्फी १० ग्राम, ५ ग्राम र २.५ ग्रामको बिक्रीमा ल्याएको केन्द्रीय बैंकले जनाएको छ । चाँदीको सिक्का १० ग्रामको मूल्य १६ सय रुपैयाँ र २५ ग्रामको ४ हजार रुपैयाँ रहेको छ ।  चाँदीको सिक्का १० ग्राममा लक्ष्मी, गणेश, गजलक्ष्मी र गाईको चित्र अंकित छ ।

सुनको असर्फी १० ग्रामको १ लाख २ हजार ३६८ रुपैयाँ, ५ ग्रामको ५१ हजार १८३ रुपैयाँ र २.५ ग्रामको २५ हजार ५९२ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएको छ । सुनको असर्फीको मूल्य भने हरेक दिन परिमार्जन हुनेछ । 



 



  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १६:३२:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया