पहाड समृद्ध नभएसम्म देश समृद्ध हुँदैन : एमाले नेता ज्ञवाली

नेकपा एमालेका उपमहासचिव पूर्वमन्त्री प्रदीप ज्ञवालीले देशको समृद्धिका लागि पहाडको समृद्धि आवश्यक रहेको बताएका छन् । 
नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग जागरण अभियानअन्तर्गत सिन्धुलीको खुर्काेटमा आइतबार आयोजित कार्यक्रममा उनले पहाडबाट बसाइँ सर्ने प्रवृति रोक्न पनि जरुरी रहेको बताए । 

नेपालको ठूलो भाग पहाड रहेको बताउँदै ज्ञवालीले जबसम्म पहाडबाट बसाइँ सर्ने क्रम रोक्न सकिँदैन, तबसम्म समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा नहुने बताए । ‘जबसम्म पहाड समृद्ध हुँदैन, तबसम्म सिंगो देश समृद्ध हुँदैन, जबसम्म पहाडले विकासको अनुभूति गर्दैन, तबसम्म सिंगो देशले विकासको अनुभूति गर्दैन, जबसम्म पहाडलाई हामीले सम्पन्न बनाउन सक्दैनौँ, तबसम्म देशलाई सम्पन्न बनाउन सकिँदैन’, ज्ञवालीले भने । 

नेपालको आर्थिक, सामाजिक र राजनीतिक विकासमा पहाडको ठुलो भूमिका रहेको ज्ञवालीले बताए । पहाडको विकासलाई लक्षित गरी नेकपा एमालेले मध्यपहाडी पुष्पलाल लोकमार्गको परिकल्पना गरेको ज्ञवालीले प्रस्ट पारे । 
 





  • प्रकाशित मिति : कात्तिक १९, २०८० आइतबार १८:१४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया