logo-img

क्यानले नेपाली क्रिकेट टिमलाई ५० लाख पुरस्कार दिने

आइसिसी टी २० विश्वकप एसिया क्वालिफायरमा उपविजेता बनेर विश्वकप टी २० मा चयन हुन सफल नेपाल क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५० लाख रुपैयाँ दिने भएको छ । क्यानको सोमबार बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । 

आठ राष्ट्र सहभागी एसिया छनोट प्रतियोगिताको फाइनलमा पुगेर नेपाल र ओमान सन् २०२४ मा हुने टी–२० विश्वकपमा चयन भएका थिए । 

विश्वकप टी–२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ । नेपालले सन् २०१४ पछि टी–२० विश्वकप खेल्दै छ ।



त्यस्तै क्यानले हालै मलेसियामा सम्पन्न एसिसी पुरुष यु–१९ क्रिकेट प्रिमियर कप क्रिकेट प्रतियोगितामा च्याम्पियन हुने नेपाल टिमका सम्पूर्ण सदस्यलाई पनि प्रोत्साहन स्वरुप जनही ५० हजार रुपियाँले पुरस्कृत गर्ने निर्णय गरेको छ । नेपालको यु १९ टिम च्याम्पियन भएर यु १९ एसिया कपमा चयन हुन सफल भएको थियो ।

यसैगरी, क्यानले आइसिसी टी २० विश्वकप एसिया क्वालिफायरको फपाइनलमा विक्री भएको टिकटबाट संकलित कूल रकमको ५० प्रतिशत जाजरकोटमा गएको भूकम्पबाट पीडितहरुको उद्धारका लाग सहयोगस्वरुप उपलब्ध गराउने निर्णय पनि गरेको छ ।



 



  • प्रकाशित मिति : कात्तिक २०, २०८० साेमबार २१:२६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया