logo-img

शुक्रबार मिस गुरुङ इन्टरनेसनल, विजेताले ५ लाख पाउने
ग्रान्ड फिनाले २४ कात्तिकमा

मिस गुरुङ इन्टरनेसनलको पाँचौँ संस्करणको ग्रान्ड फिनाले यही २४ कात्तिकमा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजना हुने भएको छ ।

संसारभर छरिएका गुरुङ जातिलाई एकै ठाउँमा सहभागी गराउनु र गुरुङ जातिको संस्कृतिलाई संसारभर प्रवर्द्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको कार्यक्रम निर्देशक तृष्णा गुरुङले बताइन् ।

‘मिस गुरुङ इन्टरनेसनल पाँचौँ संस्करणमा नेपाल र भारतबाट सहभागी प्रतियोगीलाई वर्षभरि नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रममा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियोलगायत व्यावसायिक गतिविधिमा अवसर प्रदान गरिने छ,’ कार्यक्रम निर्देशक गुरुङले भनिन् ।    

कार्यक्रम निर्देशक गुरुङले फरकधारलाई दिएको जानकारी अनुसार, मिस गुरुङ इन्टरनेसनल उपाधि विजेताले नगद पुरस्कारसहित अस्ट्रेलियामा हुने हेरिटेज फेसन सोमा सहभागी हुने अवसर पाउनेछन् ।

उपाधि विजेताले ५ लाख रुपैयाँ बराबरको पुरस्कार, मिस पपुलर अवार्ड विजेताले ३ लाख बराबर तथा फर्स्ट रनरअपले २ लाख बराबर, सेकेन्ड रनरअपले १ लाख र मिस ट्यालेन्ट उपाधि विजेताले २५ हजार रुपैयाँ बराबरको विभिन्न पुरस्कार प्राप्त गर्नेछन् ।

यो कार्यक्रम सन् २०१४ बाट सुरु भएको हो । गुरुङ समुदायको कला, भाषा, भेषभूषा तथा संस्कृतिको जगेर्नाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेसनलको आयोजक मृगतृष्णा फेसन हाउस रहेको छ ।



नेपाल–भारत मानव विकास एवं मैत्री संघका अध्यक्ष सूर्य भुसाल र नेपाल–भारत आदिवासी जनजाति मैत्री संघका अध्यक्ष विनोद गुरुङ कार्यक्रमका प्रमुख सल्लाहकार हुन् ।

प्रतियोगिताको अनलाइन भोटिङ पार्टनर ओएस आर कनेक्ट रहेको छ भने प्रतियोगिता व्यवस्थापन बी एन्ड बी इभेन्ट मानियाले गरिरहेको छ । 



  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १४:१९:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया