logo-img

घनश्याम लामिछाने निर्देशित फिल्म ‘चित्रा’को पहिलो गीत सार्वजनिक (भिडियाे)

घनश्याम लामिछानेद्वारा निर्देशित फिल्म ‘चित्रा’को पहिलो गीत सार्वजनिक गरिएको छ । तिहारलाई लक्षित गरेर उक्त गीत सार्वजनिक गरिएको हो । 

‘नजरैको हानाहान’ बोलको लोक शैलीको गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । मिलन नेवार र सिवाकोटी स्वयंको स्वर रहेको गीतमा प्रवीण सिंहको कोरियोग्राफी रहेको छ । 
गीतमा फिल्मका अभिनेता सन्तोष अधिकारी र अभिनेत्री शुभेच्छा खड्काको नृत्य समावेश छ ।

सन्तोष अधिकारी फिल्म्स तथा अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाको सहकार्यमा निर्माण भएको यस फिल्ममा मेनुका प्रधान, प्रमोद अग्रहरी, अर्पण थापा, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्ज्वल ढकाल, दीपेश गजुरेल, प्रकाश घिमिरेलगायतको पनि अभिनय रहेको छ । फिल्मको बाबु र छोरीको कथालाई उठान गरेको छ ।

आशिष थापा मगर निर्माता र सन्तोष अधिकारी कार्यकारी निर्माता रहेको सो फिल्म आगामी पुस २७ गतेबाट प्रदर्शनमा आउने भएको छ । अजय अधिकारीको कथा, मनीष गौतमको पटकथा तथा संवाद रहेको फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, बनिष शाह र सन्देश शाहको सम्पादन, महेश पौडेलको छायांकन छ । 

फिल्मलाई देशभर केदार पराजुलीको श्रीकृष्ण फिल्मस्ले वितरण गर्दै छ ।





  • प्रकाशित मिति : कात्तिक २१, २०८० मंगलबार १७:१८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया