logo-img

हर्क साम्पाङको पत्रपछि महानिर्देशकलाई मन्त्री किरातीको निर्देशन - धरानमा एयरपोर्ट बनाउन अध्ययन गर्नुहोस्
फाइल तस्बिर

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले धरानमा एयरपोर्ट बनाउन पहल गरिदिन आग्रह गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पत्र लेखेका लेखेपछि विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न महानिर्देशकलाई निर्देशन दिइएको छ ।

मेयर साम्पाङको पत्र पछि मन्त्री किरातीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धरानमा विमानस्थल निर्माण अध्ययन समिती तत्काल गठन गर्न नागरिक उड्डयन महानिर्देशक लाई निर्देशन गरिएको छ ।’

धरान उपमहानगरपालिका–१७ मा हवाई मैदान निर्माणका लागि यती इन्करपोरेटेड प्रालिबाट जग्गा खरिद गरी हालसम्म एयरपोर्ट निर्माण नभएको भन्दै साम्पाङले मन्त्री किरातीलाई पत्र लेखेका थिए । 





  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार ९:३०:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया