logo-img

प्रदेशसभाका वर्तमान र पूर्वसदस्यबीच छलफल

प्रदेशसभाका वर्तमान र पूर्वसदस्यलाई एउटै मञ्चमा उभ्याएर जागरण मिडिया सेन्टरले आज काठमाडौंमा अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । 
    
त्यस अवसरमा बागमती प्रदेशको प्रदेश मामिला समितिका पूर्वसभापति माधव पौडेलले प्रदेशसभाको अभ्यासले वर्तमान सांसदहरूलाई सिकाइरूपमा लिनुपर्ने बताए । प्रदेशका संरचना बलियो बनाउन आवश्यक रहेको उनले बताए । 

संविधानको अनुसूचीमा प्रदेशलाई २० अधिकार दिएको बताउँदै उनले आफ्नो कार्यकालमा तर्जुमा गरिएका १५ ऐन प्रदेशसभाले पारित गर्न बाँकी रहेको बताए । 

बागमती प्रदेशको सार्वजनिक लेखा समितिका पूर्वसभापति न्हुच्छेनारायण श्रेष्ठले बागमती प्रदेश स्थानीय स्रोत साधनमा सम्पन्न भएको बताए । स्रोतसाधनको परिचालन गर्न कानुनी जटिलता रहेकाले त्यसलाई हटाउने जिम्मेवारी प्रदेशसभाका सदस्यहरूलाई रहेको उनले बताए । 

उद्योग, वन तथा वातावरण समितिका सदस्य प्रतिमा श्रेष्ठले समानुपातिकतर्फबाट प्रदेशसभा प्रतिनिधित्व गर्ने माननीयलाई दोस्रो दर्जाको नागरिकका रूपमा व्यवहार गरिएको गुनासो गरिन् । बागमती प्रदेशसभा सदस्यहरू काठमाडौं केन्द्रित रहेकाले विधेयकमाथि प्रशस्त छलफल हुन नसकेको उनले बताइन् । 
 
संविधानसभा सदस्य विनोद पहाडीले दलित तथा सीमान्तकृत समुदायका प्रदेशसभा सदस्यले सभामा व्यक्त गरेका विचार सञ्चार माध्यममा नआएका बताए । संविधानसभा सदस्य तथा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्माले सीमान्तकृत समु्दायका प्रदेशसभाका सदस्यको क्षमता अभिवृद्धि गर्न यस्ता बहस र अनुभव आदान–प्रदानका कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने  बताइन् ।  

  • प्रकाशित मिति : कात्तिक २३, २०८० बिहीबार २२:११:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया