विप्रेषणमा नयाँ कीर्तिमान, एक महिनामा एक खर्ब ३६ अर्ब भित्रियो

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार असोज महिनामा विप्रेषण (रेमिट्यान्स)ले नयाँ रेकर्ड राखेको छ । असोज महिनामा मात्र मात्र १ खर्ब ३६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

यो विप्रेषण आप्रवाहमा कीर्तिमान हो । एक महिनाको अवधिमा नेपाल भित्रिएको यो सबैभन्दा धेरै रकम हो । 

अघिल्लो आर्थिक वर्ष २०७९–८० मा मासिक १ खर्ब माथि रेमिट्यान्स भित्रिएको थियो । एक वर्षको अवधिमा १२ खर्ब २० अर्ब रेमिट्यान्स भित्रिएर वार्षिक कीर्तिमान बनेको थियो । 

रेमिट्यान्स बढ्दा विदेशी विनियम सञ्चिती बढेर करिब साढे १६ खर्ब पुगेको छ । पछिल्लो वर्षमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा समेत कीर्तिमान बनेको छ ।

२०७९ साउनदेखि २०८० असारसम्ममा इतिहासमै सर्वाधिक संख्यामा नेपाली विदेश गए । यस वर्ष कुल ७ लाख ७१ हजार ३२७ जना युवा कामको खोजिमा विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । 





  • प्रकाशित मिति : कात्तिक २४, २०८० शुक्रबार २१:४५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया