logo-img

आइसिसीको निलम्बनमा पर्यो श्रीलंका क्रिकेट बोर्ड

श्रीलंका क्रिकेट बोर्ड (एसएलसी) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा परेको छ । 

निलम्बनसँगै तत्कालका लागि बोर्डको सदस्यता पनि खारेज भएको छ । बोर्डमाथि सरकारको हस्तक्षेप गरेको निहुँमा आइसिसीले निलम्बन गरेको हो ।

भारतमा जारी एकदिवसीय विश्वकपमा श्रीलंकाको निराशाजना प्रदर्शन गरिरहेको छ । टोलीले नौ खेलमा दुई जित मात्रै निकालेको छ ।



सो विषयमा खेलकुदमन्त्री रोशन रणसिंघेले बोर्डका पदाधिकारीलाई ‘देशद्रोही र भ्रष्ट’ संज्ञा दिएर बर्खास्त गरेका थिए । त्यहाँको अदालतले भने बोर्डलाई पुनर्बहाली गरिदिएको थियो ।

सरकारी हस्तक्षेपको विषयलाई लिएर आइसिसी अधिकारीहरूको अनलाइन बैठकले बोर्डलाई निलम्बन गरेको हो । 





  • प्रकाशित मिति : कात्तिक २५, २०८० शनिबार २०:२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया