logo-img

सभामुखद्वारा नेपाल संवतको शुभकामना

सभामुख देवराज घिमिरेले नेपालको मौलिक संवतको रूपमा रहेको नेपाल संवतले नेपालीहरूबीच सामाजिक एकता, सहिष्णुता तथा आपसी सद्भाव अभिवृद्धि गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन् ।

सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको नेपाल संवत् ११४४ को अवसरमा आज शुभकामना दिँदै सभामुख घिमिरेले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य एवं दीर्घायूको कामना गरेका छन् ।

‘नेपाल संवत् कुनै जाति विशेषको मात्र नभएर सिंगो नेपाल र नेपालीको सम्पत्ति हो ।’ सभामुख घिमिरेको सन्देशमा उल्लेख छ । ऐतिहासिक मान्यता बोकेको नेपाल संवत्लाई सङ्कुचन होइन, फराकिलो पार्दै राज्य तथा जनस्तरबाट पनि ऐतिहासिक संवतका रूपमा स्थापित गर्न जरूरी धारणा राख्दै सभामुख घिमिरले हरेक मौलिक परम्परा तथा संस्कृतिको जगेर्ना गर्नु राज्य र स्वयं नागरिकको पनि दायित्व रहेको  उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : कात्तिक २८, २०८० मंगलबार १४:५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया