logo-img

जुवाखालबाट ‘हाई प्रोफाइल’सहित २२ जना पक्राउ, छुटाउन गृहमन्त्रीदेखि प्रधानमन्त्रीसम्मको दबाब

काठमाडौंमा जुवाको खालबाट हाइप्रोफाइल व्यक्तिहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा  गैरआवासीय नेपाली संघमा आबद्ध दुईजना अभियन्तासमेत छन् । 

यस्तै, नागार्जुन नगरपालिकास्थित इचंगुनारायण सामुदायिक संस्थाका अध्यक्ष प्रताप दानी पनि पक्राउ परेका छन् । जुवा खेलिरहेका २२ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

राजधानीको ठूलो भर्याङ क्षेत्रबाट पक्राउ परेका उनीहरूको साथबाट ४ लाख ९२ हजार नगद समेत बरामद भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।

हाई प्रोफाइल व्यक्तिहरु पक्राउ परेकाले उनीहरुलाई छाड्न तीव्र दबाब आइरहेको बताइएको छ । प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको र हाई प्रोफाइल भएकैले छाड्न तीव्र दबाब आइरहेको ती अधिकारीको भनाइ छ । उनले हाई प्रोफाइल भनिएका व्यक्तिहरुको थप विवरण भने खुलाउन चाहेनन् । पक्राउ पर्नेमा प्रहरी हाकिमका आफन्तसमेत रहेका छन् ।

पक्राउ पर्नेहरू अम्बिर अधिकारी, नवराज तामाङ, सरोज अधिकारी, श्यामबाबु, टेकबहादुर कार्की, सञ्जय मडहरी, कुमार खड्का, लोकबहादुर बोहोरा, चित्र तामाङ, विष्णुलाल लामा, लोप्साङ लामा, विशाल तामाङ, विकास खत्री, राजु जिसी, लोकबहादुर तामाङ, निरबहादुर वाइबा, केशवराज अधिकारी, भुवन दाहाल, रामबहादुर लामा, प्रताप दानी, लोकबहादुर श्रेष्ठ, भरत बोहरालगायत छन् ।





  • प्रकाशित मिति : कात्तिक २८, २०८० मंगलबार १८:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया