logo-img

दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा

अस्ट्रेलिया आठौँपटक आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । बिहीबार भएको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । 

अस्ट्रेलिया यसअघि सन् १९७५, १९८७, १९९६, १९९९, २००३, २००७ र २०१५ मा फाइनलमा पुग्दा ५ पटक विजेता बनेको थियो । अस्ट्रेलिया १९८७, १९९९, २००३, २००७ र २०१५ को विजेता हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ४७ ओभर २ बलमा ७ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका गेराल्ड कोट्जी र तबरेज शाम्सीले समान २ विकेट लिए ।

यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४९ ओभर ४ बलमा २ सय १२ रनमा अलआउट भयो । 

दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक बनाए । उनी १ सय १६ बलमा १ सय १ रन बनाएर आउट भए । यस्तै हेनरिच क्लासेनले ४७ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए ।

अब अस्ट्रेलियाले उपाधिका लागि फाइनलमा आउँदो आइतबार अहमदाबादमा भारतसँग खेल्नेछ । बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा पुगेको थियो । 





  • प्रकाशित मिति : कात्तिक ३०, २०८० बिहीबार २२:४६:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया