logo-img

विश्वकप फाइनलमा पनि कोहलीको अर्धशतक

आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा  अष्ट्रेलियाविरुद्ध भारतीय टिमका महत्त्वपूर्ण ब्याटर विराट कोहलीले अर्धशतक पूरा गरेका छन् । उनले ५६ बलमा चार चौकासहित अर्धशतक पूरा गरेका हुन् ।

जारी विश्वकपमा कोहलीको यो पाचौं अर्धशतक हो । भारतले १ सय रन नजोड्दै तीन विकेट गुमाएपछि कोहली र केएल राहुलले पारी सम्हालिरहेका छन् । भारतले तेस्रो विकेटको रूपमा श्रेयस अय्यरलाई गुमायो । उनलाई प्याट कमिन्सले ४ रनमै आउट गरे ।

भारतले दोस्रो विकेटको रूपमा कप्तान रोहित शर्मालाई गुमायो । उनलाई ग्लेन म्याक्सवेलले ४७ रनमा क्याच आउट गरे । अर्का ओपनर शुभमन गिल मिचेल स्टार्कको बलमा ४ रनमै क्याच आउट भए । 

अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले यो समाचार तयार पार्दा २८ ओभरमा ३ विकेट गुमाएर १४६ रन बनाएको छ । भारत अपराजित रहँदै तेस्रोपटक उपाधि जित्ने योजनामा छ। यसअघि उसले सन् १९८३ र २०११ मा विश्वकप जितेको थियो।





  • प्रकाशित मिति : मंसिर ३, २०८० आइतबार १६:५४:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया