logo-img

प्राविधिक र दक्ष कामदारसहित प्रदीप पौडेल नेतृत्वको टोली जाजरकोट प्रस्थान
स्वयंसेवामार्फत एक सय अस्थायी घर निर्माण गर्ने

नेपाली कांग्रेसका युवा नेता एवं काठमाडौं–५ बाट प्रतिनिधिसभामा निर्वाचित प्रदीप पौडेल प्राविधिक र दक्ष कामदारसहित भूकम्पप्रभावित क्षेत्र जाजरकोट प्रस्थान गरेका छन् । 

पौडेल नेतृत्वको टोलीले भूकम्पपीडितलाई न्यानो कपडा वितरण, स्वयंसेवामार्फत एक सय घर निर्माण गर्ने उद्देश्यले जाजरकोट पुगेको हो । पौडेल नेतृत्वको टोलीमा गण्डकी प्रदेश सांसद डिल्लीराम सुवेदी, गोरखाको पालुङटार नगरपालिकाका पूर्वमेयर ई. दीपकबाबु कँडेल, पूर्ण आचार्य, कांग्रेस महासमिति सदस्य सुशील भट्ट, तरुण दलका केन्द्रीय सदस्यद्वय भागवत रेग्मी र पुष्प बस्नेत सहभागी छन् । 

त्यस्तै, नेविसंघ केन्द्रीय सदस्यहरु नवराज डाँगी, सुवास घिमिरे, जेम्स सिंह राई, मनोज पुरी, साजन योन्जन , जीवन सुवेदी, बिजेन केसीलगायत जाजरकोट प्रस्थान गरेका छन् । 
 
नेपाली कांग्रेसले पार्टीका अन्य कार्यक्रम स्थगन गरेर आफ्ना नेता कार्यकर्तालाई ‘सुरक्षित अस्थायी आवास निर्माण’मा जुट्न आग्रह गरेअनुरुप उनीहरू जाजरकोट गएका हुन् । 



यसअघि कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा स्थलगत अध्ययनका लागि भूकम्पप्रभावित क्षेत्रमा पुगेका थिए । त्यहाँबाट फर्किएर उनीहरूले तत्काल राहतका लागि पूरा गर्नुपर्ने कामको सूची प्रधानमन्त्रीलाई बुझाएका थिए । 

२०७२ सालको महाभूकम्पका बेला पनि पौडेलले भूकम्पप्रभावित विभिन्न जिल्लाहरूमा गएर अस्थायी आवास निर्माण, राहत वितरणलगायत कार्यक्रम सञ्चालन गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर ४, २०८० साेमबार २१:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया