पोखरामा माछा मार्ने बेला करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु
फाइल तस्बिर

पोखरामा खेतमा पानी लैजाने कुलोमा करेन्ट प्रयोग गरी माछा मार्नेक्रममा श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । पोखरा–२९ पट्नेरीमा सोमबार करेन्ट लागेर ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती सावित्री सुनारको मृत्यु भएको हो ।  

सोमबार दिउँसो ४ बजे माछा मार्नका लागि करेन्ट लगाउने बेला उनीहरू घाइते भएका थिए । सुनार दम्पतीलाई उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकोमा चिकित्सकले साँझ साढे ५ बजे दुवैलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे जाँचबुझ भइरहेको र थप विवरण आउन बाँकी रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।  





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार ७:४५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया