logo-img

राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीनिवास क्षेत्रमा पनि निषेधाज्ञा

सरकारले काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको छ। काठमाडौं जिल्ला प्रशासनले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि निषेधाज्ञा जारी गरेको छ । 

यसअघि माइतीघर मण्डलादेखि बानेश्वरसम्म एक महिनाका लागि निषेधाज्ञा जारी गरेको थियो । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राखेको आमसभाको मिति निजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मंगलबार (मंसिर ५) देखि एक महिनासम्मका लागि निषेधाज्ञा जारी गरेको हो। 

शीतलनिवासमा चारैतिरबाट सुरक्षा सतर्कता बढाउँदै प्रशासनले निषेधाज्ञा जारी गरेको हो। पूर्व पवित्र वर्कशपबाट शीतलनिवाससम्म, पश्चिम सामाखुसी निस्कने नालासम्म, उत्तर राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिण प्रहरी अस्पताल जाने मोडसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

त्यस्तै, प्रधानमन्त्री निवास बालुवाटारमा पवित्र वर्कशपबाट बालुवाटारर्फ नेपाल राष्ट्र बैंकको चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटरसम्म निषेधाज्ञा जारी भएको हो। 

सो क्षेत्रमा ५ जनाभन्दा बढी मान्छे भेला भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन र विरोधका कार्यक्रम गर्न समेत निषेध गरिएको प्रशासनले जनाएको छ। 





  • प्रकाशित मिति : मंसिर ५, २०८० मंगलबार २२:२८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया