मेयर रेनु दाहालको बदनाम गरेको आरोपमा रास्वपाका दुई कार्यकर्ता पक्राउ

चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र युट्युबर सन्तोष देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जालमा राखेर बदनाम गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।  

पक्राउपर्नेमा रत्ननगर नगरपालिका घर भएका शिव शर्मा र भरतपुर महानगरपालिका–७ बस्दै आएका उपेन्द्र देवकोटा रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितका अनुसार उनीहरू दुवै जनालाई गएराति घरबाटै नियन्त्रणमा लिइएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी निकटका शर्माले दाहाल र देउजाको फोटो सम्पादन गरी सामाजिक सञ्जालमा अपलोड गरेका थिए भने उक्त फोटोलाई देवकोटाले शेयर गरेका थिए । पक्राउ परेकाहरूविरुद्ध अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार १०:३१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया