कतारका विदेश राज्यमन्त्री आज नेपाल आइपुग्ने

कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुराइखी आज नेपाल आइपुग्दै छन् । 

दुई दिने औपचारिक भ्रमणका लागि कतारका विदेश राज्यमन्त्री अल–मुराइखी नेपाल आउने भएका परराष्ट्र मन्त्रालयले जनाएको छ । 

भ्रमणका क्रममा अल–मुराइखीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, उनी परराष्ट्र सचिव भरतराज पौड्यालसँग पनि द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार ७:०:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया