इजरायल-हमास युद्ध : १० जना बन्दी छोडेबापत थप एक दिन युद्धविराम

इजरायल र हमासले बुधबार गाजामा युद्धविरामका लागि कतारको मध्यस्थता प्रस्तावमा सहमति गरेको पुष्टि गरेका छन् । 

हमासले बन्धकलाई रिहा गर्ने बदलामा इजरायली पक्ष प्यालेस्टाइनी बन्दीहरूलाई रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायताहरू प्रवेश गर्न अनुमति दिन सहमत भएको इजरायली सरकारले एक विज्ञप्तिमा जनाएको छ ।  

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा इजरायली जेलबाट करिब १५० महिला र किशोर प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नका लागि सम्झौताअनुसार कम्तीमा ५० जना बन्धकहरू रिहा गर्नुपर्ने बताइएको छ । बन्धकहरूलाई चार दिनको अवधिमा सानो समूहहरूमा रिहा गरिनेछ । इजरायलले थप बालबालिकालाई मुक्त गर्न दबाब दिइरहेको छ । 

हमासद्वारा रिहा गरिएका प्रत्येक थप १० जना बन्धकहरूको लागि युद्धविराम थप एक दिन लागि लम्बिनेछ । हमासले घेराबन्दीमा रहेको तटीय इलाकामा ४६ दिनको रक्तपातपूर्ण द्वन्द्वपछि कतारी–इजिप्टियन मध्यस्थतामा बुधबार इजरायलसँग चार दिने युद्धविराम सम्झौताको पुष्टि गरेको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार ९:५८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया