नवनियुक्त मुख्य न्यायाधीशहरूले लिए शपथ

उच्च अदालतका नवनियुक्त मुख्य न्यायाधीशहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उनीहरूलाई मुख्य न्यायाधीशमा नियुक्त गरी बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

उच्च अदालत पोखरामा माधवप्रसाद पोखरेल, उच्च अदालत सुर्खेतमा लोहितचन्द्र शाह, उच्च अदालत दिपायलमा शान्ति सिंह थापा, उच्च अदालत विराटनगरमा रमेशप्रसाद राजभण्डारी, उच्च अदालत जनकपुरमा श्रीकान्त पौडेल र उच्च अदालत तुलसीपुरमा नित्यानन्द पाण्डे मुख्य न्यायाधीश सिफारिस भएका थिए ।

५ मंसिरमा बसेको न्याय परिषदको बैठकले ६ जना मुख्य न्यायाधीशहरु नियुक्ति सिफारिस गरेको थियो ।


 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार १७:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया