हमासले बन्धक बनाएकामध्ये १३ जना शुक्रबार रिहाइ हुने

हमासले बन्धक बनाएकामध्ये १३ जना इजरायली शुक्रबार दिउँसो ३ बजे रिहाइ हुने भएका छन् । इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारले सो जानकारी दिएको हो । 

शुक्रबार बिहान ७ बजेबाट इजरायल र हमासबीच चारदिने युद्धविराम हुनेछ । चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाइ गर्ने सहमति भएको कतारले जनाएको छ । 

त्यसबापत इजरायलले आफ्नो जेलमा रहेको १५० जना प्यालेस्टेनीलाई रिहाइ गर्नेछ ।

रिहाइ हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीका अनुसार रिहाइ हुनेको नामवाली तयार भइरहेको छ । 

दोहामा आयोजित पत्रकार सम्मेलनमा उनले एउटै परिवारका बन्धकहरूलाई एउटै समूहभित्र सँगै राखिने बताए । 





  • प्रकाशित मिति : मंसिर ७, २०८० बिहीबार २२:१६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया