डरलाग्दो स्थितिमा पुग्यो दिल्लीको प्रदूषणस्तर ​

भारतको राजधानी नयाँ दिल्ली पछिल्लो तीन दिनदेखि धुवाँको तुवाँलोमा रुमल्लिएको छ । जसका कारण मानिसहरूले केही मिटर टाढा पनि स्पष्टरूपमा देख्न नसक्ने अवस्था भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

नयाँ दिल्लीमा धुवाँ र प्रदूषणका कारण टाउको दुख्ने, थकान लाग्ने, सास फेर्न गाह्रो हुने जस्ता समस्यालाई सामान्य रुपमा हेर्नु पर्ने अवस्था बनेको छ । नयाँ दिल्लीको प्रदूषण अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेको प्रदूषणलाई सन् २०१६ को नोभेम्बर पछिको सबैभन्दा खतरनाक भनिएको छ ।

नयाँ दिल्लीमा लगातार प्रदुषणको स्तर बढ्दै गएपछि केही दिनका लागि दिल्लीबाट दूर (टाढा) जान विज्ञहरूले सुझाव दिएका छन् । यदि दिल्लीभन्दा टाढा जान नसक्नेहरूले भने मास्क लगाएर मात्रै यात्रा गर्न अनुरोध गरेका छन् ।  

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सिपिसिबी) को एयर बुलेटिन अनुसार बिहीबार राजधानीको एक्यूआई ३९० थियो । राजधानीका धेरै ठाउँमा प्रदूषणको अवस्था गम्भीर छ । सबैभन्दा प्रदूषित स्थानहरूमा, अलीपुरको एक्यूआई ४२३, पंजाबी बाग ४२५, नेहरू नगर ४२८, सोनिया विहार ४२०, जहाँगीरपुरी ४३४, रोहिणी ४२०, विवेक विहार ४२४, वजिरपुर ४३१, बवाना ४४४ थियो ।

राजधानीका १५ स्थानमा प्रदूषणको स्तर निकै माथि पुगेको छ । ​भारतको मौसम पूर्वानुमान महाशाखाको प्रक्षेपणअनुसार नोभेम्बर २४ (आज) पनि प्रदूषणको स्तर निकै खराब रहन सक्छ ।  





  • प्रकाशित मिति : मंसिर ८, २०८० शुक्रबार ९:२७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया