logo-img

इंग्लिस प्रिमियर लिगमा आज सात खेल हुँदै

इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ७ खेल हुँदैछन् । पहिलो खेलमा म्यानचेस्टर सिटी र लिभरपुल आमने सामने हुने छन् । 

जारी सिजनमा सिटी शीर्ष र लिभरपुल दोस्रो स्थानमा छन् । आज सिटीले जित निकाल्दै शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउने लक्ष्यमा रहँदा लिभरपुल पनि सिटीलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा हुने छ । सिटीकै मैदानमा खेल नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरुहुने छ ।

यसैगरी राति पौने ९ बजे बर्नले र वेस्टह्याम युनाइटेड आमने सामने हुने छन् । जारी सिजनमा वेस्टह्याम १७ अंकका साथ तालिकाको नवौं स्थानमा रहेको छ भने बर्नले ४ अंकका साथ पुछारमा रहेको छ । आज दुवै टिमले जित निकाल्दै तालिकाको वरियता सुधार गर्ने लक्ष्यमा हुने छन् । बराबरीले भने दुवै टिमलाई घाटा लाग्ने छ ।

पौने ९ बजे नै लुटन र क्रिष्टल प्यालेस तथा न्यूक्यासल र चेल्सी आमने सामने हुँदा सोही समयमा नटिङघम फरेस्ट र ब्राइटन पनि भिड्ने छन् । यसैगरी पौने ९ बजेकै खेलमा सेफिल्ड युनाइटेड र बर्नमाउथले प्रतिस्र्पा गर्ने छन् । राति सवा ११ बजे भने ब्रेन्टफोर्ड र आर्सनल आमने सामने हुने छन् ।
 





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार ११:३६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया