प्रदीप ज्ञवाली भन्छन्- समाजवादबाहेक अरू वादको भविष्य छैन

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मार्क्सवाद र समाजवादको सान्दर्भिकता आज पनि उत्तिकै रहेको बताएका छन् । उनले आधुनिक विश्वको समस्या समाधान गर्ने सक्षमता अझै समाजवादसँग रहेको र त्योबाहेक अरू कुनै वादको भविष्य नभएको दाबी गरे । 

शनिबार पार्टी कार्यालय च्यासलमा बुद्धिजीवी परिषदद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण गराएका उनले मार्क्सवाद र समाजवादको बारेमा राखिएका वैज्ञानिक विचारहरू अझै पनि उत्तिकै महत्वपूर्ण र सान्दर्भिक रहेको बताए । 

‘मार्क्सवाद र समाजवादको सान्दर्भिकता आज पनि उत्तिकै छ । समय घर्किएको कारणले यसको सान्दर्भिकता सकियो भन्ने होइन । वैज्ञानिक विचारहरू कहिल्यै पनि पुराना हुँदैनन् । तिनीहरू आफैंमा इभोलुसन भएर कतिपय नयाँ चिजहरू थपिँदै र आपसमा समृद्ध हुँदै जान्छन्,’ ज्ञवालीले भने । 

आधुनिक विश्वमा देखा परेका समस्यालाई समाधान गर्न भोटे ताल्चा खोल्ने चाबी नै मार्क्सवादसँग भएको ज्ञवालीले बताए । 

‘मार्क्सवाद एउटा वैज्ञानिक सोच हो, त्यसकारण यो आज पनि उत्तिकै सान्दर्भिक छ । अहिलेका विश्वका समस्याहरूको समाधान गर्ने ढोकाको भोटे टाल्चा खोल्ने साँचो मार्क्सवादसँग छ,’ उनले भने । 

ज्ञवालीले कार्ल मार्क्स बितेपछिको समयमा धेरै कुराहरू परिवर्तन भएको भए पनि विश्वमा श्रमिकमाथि हुने शोषण परिवर्तन नभएको र मालिकहरूले श्रमिकमाथि  झन् धेरै शोषण गरेको धारणा राखे ।  





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार १४:४०:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया