यूरोपमा वायु प्रदूषणको अवस्था अझै पनि उच्च छ : ईयू

हाल यूरोपमा सबैभन्दा महत्वपूर्ण वातावरणीय स्वास्थ्य जोखिम वायु प्रदूषणको रहेको यूरोपेली सङ्घ (ईयू) वातावरणसम्बन्धी निकायले शुक्रबार प्रकाशित एक रिपोर्टमा जनाएको छ ।  

‘सन् २०२१ मा वायु प्रदूषक सान्द्रता विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा यसको वायुको शुद्धतासम्बन्धी दिशानिर्देशमा सिफारिस गरिएको स्तरभन्दा बढी रहेको छ’, युरोपेली वातावरण निकाय (ईईए) ले भनेको छ, ‘यी दिशानिर्देश स्तरहरूमा वायु प्रदूषण कम गरिएमा ईयू सदस्य राष्ट्रहरूमा उल्लेखनीय सङ्ख्यामा हुने मृत्युहरू रोक्न सकिन्छ ।’ 

सन् २०२१ मा युरोपेली सङ्घमा ३ लाख २० हजारभन्दा बढीको मृत्यु तीन मुख्य वायु प्रदूषक सूक्ष्म कण (फइन पार्टिकुलेट म्याटर, ओजोन र नाइट्रोजन डाइअक्साइड) सँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।  

डब्ल्यूएचओको सिफारिसअनुसार ‘फाइन पार्टिकुलेट म्याटर (पीएम २.५) को सान्द्रता भएको भए ईयूमा करिब २ लाख ५३ हजार मानिसको मृत्यु हुनबाट जोगिन सकिन्थ्यो । यसैबीच नाइट्रोजन डाइअक्साइडबाट हुने प्रदूषणका कारण ५२ हजारको मृत्यु भएको थियो भने अल्पकालीन ओजोनको उपस्थितिको जोखिमका कारण २२ हजार जनाको मृत्यु भएको थियो ।  

ईयूबाहिरका युरोपेली देशहरूको ठूलो समूहलाई समावेश गर्दा युरोपभरि प्रदूषक–सम्बन्धित मृत्युको सङ्ख्या ३८९ हजार पुगेको रिपोर्टमा उल्लेख गरिएको छ ।  





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार १८:५२:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया