logo-img

बैतडी-दार्चुला जोड्ने पुल भासिँदा आवागमनमा रोक
फाइल तस्बिर

बैतडी–दार्चुला जोड्ने कर्कले पुल भासिएको छ । दार्चुलाको शैल्यशिखर नगरपालिका–३ कर्कले र बैतडीको डिलाशैनी गाउँपालिका–रुद्रेश्वर जोड्ने चमेलिया नदीमा रहेको बेलिब्रिज भासिएको हो ।

केही दिनअघि सो पुलको दार्चुलातर्फको मुख्य पिलर भएको ठाउँमा पूरै जमिन भासिएको थियो । पहिरोले पुलको मुख्य पिलर तलतिरको जमिन भासिएपछि दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनाको जोखिम बढेसँगै पुलमा ठूला गाडी आवागमनमा रोक लगाइएको ट्रकचालक शेरसिंह कार्कीले बताए ।

सो पुल भएर बैतडीको रुद्रेश्वर, सिमार, गणन्नालगायतका क्षेत्रमा पुगिन्छ भने दार्चुलाको चमेलिया जलविद्युत् आयोजना, बिटुले, मार्मा, अपिहिमालको मकिरागाडसम्म आवतजावत गर्ने सवारीसाधन यसै पुल भएर गुड्ने गरेका थिए । 

पुलको समयमै मर्मतसम्भार नहुञ्जेलसम्म ठूला गाडी चलाउन रोकिएको छ । आवागमनमा रोक लगाएसँगै उक्त सडकखण्ड भएर चल्ने सवारीसाधन ठप्प छन् । रासस 





  • प्रकाशित मिति : मंसिर ९, २०८० शनिबार २१:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया