कार्डिजविरुद्ध मड्रिडको सानदार जित, उक्लियो शीर्ष स्थानमा

स्पेनिस फुटबल ला लिगामा कार्डिजविरुद्ध रियल मड्रिडले ३–० को सानदार जित निकालेको छ । गएराति सम्पन्न खेलमा रियलको जितमा रोड्रिगोले २ र जुड बेलिङ्घमले १ गोल गरे ।   

कार्डिजको मैदानमा रोड्रिगोले १४ औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । उनले नै खेलको ६४ औँ मिनेटमा दोस्रो गोल गरे । 

७४ औँ मिनेटमा रोड्रिगोको असिस्टमा जुड बेलिङ्घमले गोल गर्दै रियललाई ३–० को सानदार जित दिलाए ।

यो जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यसअघि शीर्षमा रहेको रियलले १४ खेलबाट ३५ अंक जोडेको छ ।  

पराजित कार्डिज १० अंकसाथ १६ औँ स्थानमा छ । ला लिगामा गएराति नै भएको खेलमा रियल सोसिडाड र रियल बेटिस पनि विजयी भएका छन् ।  
 





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार ७:११:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया