logo-img

सुकुम्वासी समस्या हल गर्नको लागि एक हप्ताभित्र ऐन संशोधन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सुकुम्वासी समस्या हल गर्नका लागि एक हप्ताभित्र ऐन संशोधन गर्ने दाबी गरेका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा पार्टीको वेबसाइट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् । 

उनले एक हप्ताभित्र सुकुम्वासी समस्या हल गर्ने गरी पुराना ऐनहरू संशोधन गर्ने निर्णय गरिएको बताए । प्रधानमन्त्री दाहालले सुकुम्वासी स्ववासी,अव्यवस्थित बसो वासी र उनीहरूको समस्या हल गर्न ऐन नै संशोधन गर्ने बताए । उनले वनले गर्दा विकास सबै रोकिने स्थिति बनेको उल्लेख गर्दै पुराना ऐनहरू संशोधन गर्ने पनि बताए । उनले वन ऐन संशोधनपछि एउटा ठूलो क्रान्ति हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘हिजो एउटा ठूलो कुरा गरिएको छ । १ हप्ताभित्र सुकुम्वासी समस्या हल गर्नको लागि ऐन संशोधन गर्ने निर्णय गरिएको छ । हेर्नुहोला गरिन्छ । सुकुम्वासी स्ववासी,अव्यवस्थित बसोवासी, उनीहरूको समस्या हल गर्न ऐन नै संशोधन गरिन्छ ।’

प्रधानमन्त्री दाहालले सरकारको तर्फबाट अहिलेसम्म राम्रा कामहरू भएको बताउँदै अझै राम्रा कामका लागि प्रयास गर्ने बताए ।  





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार १७:२१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया