logo-img

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनका क्रममा पक्राउ परेका १४ जना को-को हुन् ?

सोमबार मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनका क्रममा गौशालाबाट १४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जना छन् । त्रिशुल लिएर सडकमा निस्केको र अराजक अभिव्यक्ति दिएको आरोपमा सुनसरी घर भएका आचार्यलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्ने अन्यमा अछामका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, सर्लाहीका दीपक गोस्वामी, दोलखाका देवेन्द्र कार्की, उदयपुरका भुवन परियार, पूर्वी नवलपरासीका यदुनाथ सिग्देल र राजु तामाङ छन् ।

यस्तै, पर्वतका देउबहादुर रिजाल, भक्तपुरका युभिन श्रेष्ठ, सुनसरीका सुजन खड्का, खोटाङ घर भएका मेहरमान बस्नेत र सुनसरीका दीपेश खड्का पक्राउ परेका छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार २०:५७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया