logo-img

ढोरपाटन महिला भलिबल : विजेतालाई पाँच लाख पुरस्कार

माघ १२ देखि २२ गतेसम्म ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिप हुने भएको छ ।

आज काठमाडौंमा पत्रकार सम्मेलन गरी खेल काठमाडौंको नयाँ बसपार्कस्थित ढोरपाटनको खेलमैदानमा सञ्चालन हुने जानकारी गराइएको हो । 

च्याम्पियनसिपमा पहिलो हुनेलाई ५ लाख नगद पुरस्कार राखिएको छ । दोस्रो हुनेलाई दुई लाख ५० हजार, तेस्रोलाई एक लाख २५ हजार, चौथोलाई ७५ हजार, पाँचौँ हुनेलाई ५० हजार र छैटौँ स्थान बनाउनेलाई २५ हजार नगद पुरस्कार दिइने जनाइएको छ ।

यसैगरी, उत्कृष्ट खेलाडीलाई एउटा स्कुटर र प्रत्येक सहभागी खेलाडीलाई पाँच हजार नगद दिने आयोजकले जनाएको छ । खेलको कूल बजेट ५१ लाख ५ हजार रहेको जनाइएको छ ।

राष्ट्रिय खेलकुद परिषदको समन्वय र नेपाल भलिबल संघको संयोजकत्वमा हुने च्याम्पियनसिपमा मेडिकल पार्टनरको रुपमा वसुन्धारास्थित चिरायु हस्पिटल र मिडिया पार्टनरमा हाम्रो खेलकुद डट कम छन् । 

त्यस्तै, रनिङ कपको प्रायोजन नेपाल भलिबल संघका सल्लाहकार तथा अनल ज्योतिहाई स्कूलका संस्थापक प्रिन्सिपल ज्योति केसीले गरेका छन् । ढोरपाटन क्लबका पूर्व कोषाध्यक्ष विष्णु छन्त्यालले मिकासा १ थान नेट प्रायोजन गरेका छन् । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०८० मंगलबार १६:५५:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया