परराष्ट्रमन्त्री साउद कतार जाने, विपीनको रिहाइको पहल गर्ने आश्वासन

परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाने भएका छन् । गाजामा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली युवक विपीन जोशीको रिहाइको पहलका लागि उनी २३ मंसिरमा कतार जान लागेका हुन् ।  

यसअघि ८ मंसिरमा परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । 

जवाफमा कतारका विदेश राज्यमन्त्रीले विपीनको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । परराष्ट्रमन्त्री साउदले आज गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपीनका बुबाआमासँग पनि भेट गरेका छन् ।  





  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार १४:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया