प्राधिकरणलाई मेयर साम्पाङको अनुरोध : सडक बत्तीको लाइन नकाटिदिनु, बक्यौता तिर्छौँ
फाइल तस्बिर

धरान उपमहानगरपालिका प्रमुख हर्कराज साम्पाङ राईले विद्युत् प्राधिकरणरणलाई सडक बत्तीको लाइन नकाट्न अनुरोध गरेका छन् ।

विद्युत् बक्यौता तिर्न बाँकी रहेको भन्दै विद्युत् प्राधिकरण, धरान वितरण केन्द्रले धरान उपमहानगरपालिकाका विभिन्न स्थानमा सडक बत्तीको लाइन काट्न थालेपछि आज विज्ञप्तिमार्फत नगरप्रमुख राईले लाइन नकाट्न प्राधिकरणलाई अनुरोध गरेका हुन् ।  

उनले सडकमा बत्ती नबाल्दा आपराधिक समूहबाट विभिन्न घटनाहरू हुनेतर्फ मध्यनजर गरी लाइन छोड्न प्राधिकरणलाई अनुरोध गरेका छन् ।

‘सडक बत्तीको बक्यौता नतिरेको कारण देखाई धरान स्थित विभिन्न सडकका बत्तीहरूमा लाइन काटेकाले उक्त इलाकामा आपराधिक मानसिकता भएका व्यक्तिहरूबाट चोरी, डकैती, लुटपाटजन्य गतिविधि बढ्ने साथै दुर्घटना समेत हुने भएको हुँदा उक्त आपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै सडक बत्तीको विद्युत नकाटिदिनहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, उनले सरोकारवालासँग समन्वय गरी तिर्नुपर्ने प्राधिकरणको बक्यौता तिर्ने पनि उल्लेख गरेका छन् ।

‘सडक बत्तीको तिर्नुपर्ने बक्यौता रकमका लागि सम्बन्धित मन्त्रालय लगायतका निकायहरूसँग समन्वय र सहकार्य गरी उक्त बक्यौता रकमबारे आवश्यक कारबाही गरिने ब्यहोरा जानकारी गराउँछु,’ मेयर  राईले भनेका छन् ।





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १५:३३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया