ला लिगामा रियल मड्रिडको सहज जित

रियल मड्रिडले स्पेनिस ला लिगामा ग्रानडाविरुद्ध २–० को जित दर्ता गरेको छ । शनिबार राति सान्टियागो बर्नबेउमा भएको खेलमा रियलको जितमा ब्राहिम डियाज र रोड्रिगोले समान १ गोल गरे ।

२६औं मिनेटमा डियाजले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । ५७औँ मिनेटमा रोड्रिगोले गोल गरेपछि रियल २–० ले विजयी भयो । 

यो जितपछि रियल शीर्षस्थानमा कायमै रहेको छ । उसले १५ खेल खेल्दा १२ मा जित, दुईमा बराबरी र एक खेलमा हार बेहोरेको छ । रियलको ३८ अंक छ । पराजित ग्रानडा १५ खेलबाट ७ अंकका साथ १९औं स्थानमा छ ।





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार ७:२४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया