logo-img

आइडब्लूएल खेल्न एन्जिला तुम्बापो सुब्बा भारत प्रस्थान

नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले भारतीय महिला लिग (आइडब्लूएल) खेल्न भारत प्रस्थान गरेकी छन् । 

उनले यसपटक पनि सेथु फुटबल क्लबबाट नै आइडब्लूएल खेल्दै छिन् । गत सिजनमा सेथु सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा सेथु किकस्टार्ट फुटबल क्लबसँग पराजित भएको थियो ।

उक्त क्लबमा नेपालकै सरू लिम्बू र कप्तान रेनुका नगरकोटे पनि खेलेका थिए । 



आइडब्लूएलको नयाँ सिजन यही डिसेम्बर दोस्रो सातादेखि मार्चसम्म चल्नेछ ।  
 





  • प्रकाशित मिति : मंसिर १७, २०८० आइतबार ११:५९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया