विप्लवको बचाउमा प्रधानमन्त्री : उहाँहरु शान्ति प्रक्रियामा आइसक्नुभएको छ, वारेन्ट जारी हुनुहुँदैन

नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका शीर्ष नेतालाई पक्राउ पुर्जी जारी गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि व्यक्त गरेका छन् ।

केही सञ्चारमाध्यामका सम्पादकहरुसँग सोमबार सिंहदरबारमा कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले विप्लवसहितका शीर्ष नेता शान्ति प्रक्रियामा आइसकेको भन्दै उनीहरूको बचाउ गरेका हुन् । 

अदालतले सोमबार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८(१३) अनुसार ३५ दिनको पक्राउ पुर्जी जारी गरेको हो । गत मंसिर १० गतेको आदेशअनुसार उनीहरुविरुद्ध पुर्जी जारी भएको हो । 

विप्लव प्रधानमन्त्री दाहालसहितको समाजवादी मोर्चामा आबद्ध छन् । नेतृत्वको पार्टी र माओवादी केन्द्रबीच एकता हुने चर्चा पनि चल्दै आएको छ । अदालतको आदेशविरुद्ध असन्तुष्टि राख्दै सम्पादकहरूसँगको छनफलमा प्रचण्डले भने,  ‘उहाँहरुविरुद्ध वारेन्ट जारी हुनुहुँदैन, उहाँहरु शान्ति प्रक्रियामा आइसक्नुभएको छ । यस विषयमा थप बुझ्दै छु ।’

काठमाडौं जिल्ला अदालतले विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, हेमन्तप्रकाश ओली, माइला लामा, राजु कार्की विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो । 





  • प्रकाशित मिति : मंसिर १८, २०८० साेमबार १८:०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया