logo-img

एनसेलविरुद्ध सडकमा अनेरास्ववियु, माग पूरा नभए गाडी चल्न नदिने चेतावनी [तस्बिरहरू]

एनसेलको शेयर खरिदबिक्रीमा चलखेल भएको भन्दै नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ । मंगलबार एनसेल कार्यालय अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीले ‘एनसेलको आयव्यय सार्वजनिक गर,’ ‘एनसेललाई राष्ट्रियकरण गर’, ‘विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर,’ ‘नो ट्याक्स, नो सिम’, ‘रिजेक्ट एनसेल’, ‘माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद’, ‘ट्याक्स चिटिङ इज अ क्राइम’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध गरेका हुन् ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफ्ना माग पूरा नभए एनसेलका गाडीसमेत चल्न नदिने चेतावनीसमेत दिए । एनसेलको ८० प्रतिशत शेयर नेपाल बाहिरै बिक्री भएपछि विभिन्न टीकाटिप्पणी भइरहेको छ । 

तस्बिरमा अनेरास्ववियुको प्रदर्शन : 





 

  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १२:१४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया