अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस
किन छ स्वयंसेवकको महत्व ?

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस । संयुक्त राष्ट्रसंघले १९८५ देखि हरेक वर्ष ५ डिसेम्बरमा स्वयंसेवक दिवस मनाउँदै आएको छ । यद्यपि नेपालमा भने १९२७ सालदेखि समाज सेवाको काम सुरु भएको मानिन्छ । त्यसअघि विभिन्न गुठीको माध्यमबाट सामूहिक हितका लागि विभिन्न काम हुँदै आएको थियो । त्यसबेलाको पारम्परिक चलनअनुसार अहिले पनि भूकम्प, बाढी-पहिरो र अरू प्राकृतिक र मानवीय विपत्तिमा आउँदा स्वयंसेवकको ठूलो भूमिका रहँदै आएको छ ।

यस वर्ष पनि कर्मथलो कतारलगायत सदस्य राष्ट्रहरूले विभिन्न कार्यक्रम गरी स्वयंसेवक दिवस मनाइरहेका छन् । कतारमा कतार भोलेन्टरी सेन्टर, कतार रेड कृसियन्ट, कतार च्यारिटी, अल शकफ, अल फजालगायत दर्जनौं संस्थाले स्वयंसेवकको कार्य गर्दै आएका छन् । कतारले आफ्नो पृथक कार्यविधि बनाएर यसकार्यलाई प्रोत्साहन गरेको छ । यहाँ विभिन्न क्षेत्रमा स्वयंसेवकको रूपमा आप्रवासीहरूलाई समावेश गरिएको छ । 

कतारमा स्वयंसेवकका अवसरहरू विविध छन्, जसमा बाल हेरचाह वृद्ध हेरचाह, शिक्षा र प्रशिक्षणको काम, मनोसामाजिक सहयोग, स्वास्थ्य सचेतना, पर्यावरण संरक्षण, विपद राहत, आर्थिक विकास तथा कला धर्म संस्कृति जस्ता क्षेत्रहरूको विस्तृत दायरा समावेश गरिएको छ । कतारको सरकारले पनि यस कार्यमा सहभागी हुन चाहने संस्था र व्यक्तिहरूलाई आवश्यक पूर्वाधार र सहयोग प्रदान गरेर स्वयंसेवकलाई प्रोत्साहन गर्ने गरेको छ । यहाँ वर्षभरि धेरै स्वयंसेवक कार्यक्रम तथा अन्तरक्रियाको आयोजना गर्ने गरिन्छ । जसले गर्दा यहाँ रहेकाबीच जागरूकता र सामुदायिक सहभागिता अभिवृद्धि गर्न योगदान पुर्याउँदै आएको छ । 

कतारले व्यक्तिगत र सामाजिक सीपहरू विकास गर्ने, नयाँ सम्बन्धहरू निर्माण गर्ने र सामुदायिक सम्बन्धलाई सुदृढ गर्ने अवसरबाट फाइदा उठाउन सबैलाई उत्प्रेरित गर्दै आएको छ । म आफैं पनि विगत लामो समयदेखि कतारमा यस क्षेत्रसँग आबद्ध रहिआएको छु ।

कतारमा स्वयंसेवकको महत्व

कतारमा धेरै तहमा स्वयमसेवा कार्यको ठूलो महत्त्व छ। यसले समुदायको सहभागिता बढाउन, समुदायका सदस्यहरूबीच दिने र सहयोग गर्ने भावना बढाउन, जीवनको गुणस्तर सुधार गर्न, सामुदायिक चेतनाको स्तर बढाउन र सांस्कृतिक र संरक्षण गर्न योगदान पुर्याउने विश्वास कतारले लिएको छ । जुन प्रत्यक्षरूपमा पनि सहजै देख्न पाइन्छ । हुन त समाज, राष्ट्र अनि विश्वकै विकासमा स्वयंसेवकको ठूलो भूमिका हुन्छ । सेवाको मुख्य अर्थ नै स्वयंसेवा हो । मुख्यतः प्रवासमा र विशेषगरी कर्मथलो कतारमा रहेर निःस्वार्थ भावनाले सेवा गर्दै आउनुभएका दिदीबहिनी, दाजुभाइ महिला पुरुष सबैमा यस महान कार्यको निम्ति थप ऊर्जा र उत्साहको कामना गर्दछु ।



आज अर्को संयोग पनि हो जो विशेगरी जन्मभूमि नेपालसँग सरोकार राख्दछ । आजै विश्व माटो दिवसको पनि हो । माटो हाम्रो उत्पत्तिको सार हो भन्ने कुरा मानवजातिले कहिल्यै बिर्सनु हुँदैन । यसको प्रयोग  र उपयोगतर्फ केन्द्रित रही राज्यद्वारा थप कार्यक्रम एवं योजना ल्याउनु आजको आवश्यकता रहेको यसका विज्ञहरू बताउँछन् ।

स्वस्थ माटोको महत्त्वमा विश्वको ध्यान केन्द्रित गर्न र माटोको स्रोतको स्थायी व्यवस्थापनसम्बन्धी जनजागरुकता फैलाउन हरेक वर्षको ५ डिसेम्बरमा संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संस्थानले विश्व माटो दिवस मनाउँदै आएको छ । थाइल्याण्डका राजा भूमिबोल अडुल्याडेजले विश्व माटो दिवसलाई आधिकारिक रूपमा स्वीकृत गरेकोले यो दिन उनकै जन्मदिन अर्थात् ५ डिसेम्बरमा मनाउन थालिएको हो । जमिनमुनिको पानी, कार्बनको भण्डार र वायुमण्डलमा हुने थुप्रै ग्यासलाई स्वच्छ पार्न स्वच्छ माटोको आवश्यकता पर्ने विज्ञहरूको भनाइ छ । 



प्रोफेसर मियाँ लेखक,साहित्यकार तथा समाजसेवी हुन् ।​

  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार १३:४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया