logo-img

चेन्नईमा भारी वर्षा : पाँच जनाको मृत्यु, विमानस्थल बन्द

भारतको दक्षिणी शहर चेन्नईमा भारी वर्षा र आँधीबेहरीका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ । वर्षाका कारण चेन्नई अन्तर्राष्ट्रिय विमानस्थल मंगलबारसम्म बन्द गरिएको थियो । यस्तै, विमानस्थलमा घुँडासम्म पानीले भरिएको थियो । 

विपरीत मौसमको कारण भारतीय समयअनुसार बिहान ९ बजेसम्म एयरफिल्ड आगमन र प्रस्थान सञ्चालनका लागि बन्द गरिएको छ । चेन्नईमा सामान्य जनजीवन अवरुद्ध भएको छ । 

स्थानीय सरकारी अधिकारीहरूले गर्भवती महिला र वृद्धवृद्धा र तल्लो क्षेत्रमा बसोबास गर्नेहरूलाई उद्धार गरेको बताएका छन् । बाढीपीडितको पुनःस्थापनाका लागि सहरभर अस्थायी टहरा निर्माण गरिएको छ । 

मिचाउङ आँधीले बंगालको खाडीको छेउछाउको पूर्वी तटमा रहेका भारतका तीन फरक राज्यहरू, तमिलनाडु, पुडुचेरी र आन्ध्र प्रदेशका धेरै क्षेत्रहरूमा प्रतिकूल असर पार्ने सम्भावना छ । 





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार ९:२१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया