logo-img

गिनी–बिसाउका राष्ट्रपतिले गरे संसद् विघटन

राष्ट्रपति उमरो सिसोको एम्बालोले गिनी–बिसाउको संसद् विघटन गरेका छन् । गत हप्ता राजधानी बिसाउको न्यायिक प्रहरी भवनमा सशस्त्र राष्ट्रिय गार्ड समूहले गरेको आक्रमणले संवैधानिक व्यवस्थालाई बिगार्ने उद्देश्य राखेको बताइएको छ । 

बिसाउमा गत बिहीबार राति नेशनल गार्डका सदस्य र राष्ट्रपति गार्डका विशेष बलहरूबीच झडप भएको थियो । झडप शुक्रबार पनि जारी रह्यो । नेशनल गार्ड सिपाहीहरूको समूहले न्यायिक पुलिस भवनबाट हिरासतमा रहेका मन्त्रीलाई मुक्त गर्ने प्रयास गरेका थिए । 

नेसनल गार्डका कमाण्डर कर्नेल भिटोर चोंगो र युनिटका अन्य धेरैलाई शुक्रबार बिहान सैन्य प्रहरीले पक्राउ गरेको थियो । सन् २०२० मा पदभार ग्रहण गरेपछि एम्बालोले गिनी–बिसाउको संसद विघटन गरेको यो दोस्रो घटना हो । 

यसअघि सन् २०२२ को मेमा उनले व्यवस्थापिका र राष्ट्रपतिबीचको तनावका कारण संसद् विघटन गरेका थिए । फेब्रुअरी २०२२ मा गिनी–बिसाउका सेनाका सदस्यहरूले एम्बालोको विरुद्ध विद्रोह गरेका थिए । 





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार ९:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया