सेयर बजारमा झिनो अंककाे वृद्धि

बुधबार सेयर बजार झिनो अंकले बढेको छ । लगातारको गिरावटपछि सेयर बजारमा सामान्य वृद्धि भएकाे हाे ।

साताको चौथो दिन बुधबार सेयर बजार ३.३ अंकले बढेर १८४१.०४ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ३७ लाख ५५ हजार १२४ कित्ता सेयरको खरिदबिक्री हुँदा १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२ रुपैयाँको कारोबार भएको छ ।

यसअघि सातको पहिलो दिन ७ अंकले घटेको सेयरबजार दोस्रो दिन ३ अंकले र मंगलबार १० अंकले घटेको थियो ।

आज ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था सकारात्म सकिर्टका साथ सर्वाधिक नाफामा रहेको छ । भने, सिंगती हाइड्रो इनर्जी लिमिटेड, सनराइज ब्लुचिप फण्ड र हिमालयन बैंंक डेबेन्चर २०८३ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

कारोबारका आधारमा आज रिलाइब नेपाल लाइफ इन्स्योरेन्स ७ करोड ३४ लाख ४९ हजार रुपैयाँका साथ शिर्ष स्थानमा रहेको छ ।
बुधबार बजार पुँजीकरण २८ खर्ब ३८ अर्ब रुपैयाँ रहेको छ ।





  • प्रकाशित मिति : मंसिर २०, २०८० बुधबार १६:२०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया