सेफिल्ड युनाइटेडविरुद्ध लिभरपुलको सहज जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको थियो । 

जितसँगै लिभरपुल १५ खेलबाट ३४ अंकका साथ दोस्रो स्थानमा उक्लदा समान खेलबाट ३२ अंक भएको एस्टन भिल्ला भने तेस्रो स्थानमा रहेको छ । ३६ अंक जोडेको आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ ।

बुधबार राति लिभरपुललाई जिताउनका लागि भान डिजिक र डोमिनिकले एक एक गोल गरेका थिए । ३७ औं मिनेटमा एलेक्जेन्डर आर्नोल्डको पासमा डिजिकले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । 

दोस्रो हाफको अतिरिक्त चौथो  मिनेटमा नुनेजको पासमा डोमिनिकले गोल गरेपछि लिभरपुल २–० को सहज जित निकाल्न सफल भयो । पराजित भएको सेफिल्ड युनाइटेड प्रिमियर लिग तालिकाको पुछारमा छ ।





  • प्रकाशित मिति : मंसिर २१, २०८० बिहीबार ८:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया