माग बढ्दा गहुँको बढेन उत्पादन, कसरी बन्ने आत्मनिर्भर ?

पछिल्लो समय नेपालमा गहुँ, मैदा र सुजीको पिठोको माग बढ्दै गएको छ । सहर बजार र नगरोन्मुख क्षेत्रका बासिन्दाको आहारविहार शैलीमा आएको परिवर्तनले यसको माग बढ्दै गएको छ भने अझ बढ्दै जाने देखिन्छ । गहुँ बेकरीदेखि होटेलहरूमा बन्ने अधिकांश परिकारको कच्चा पदार्थ हो । 

आन्तरिक माग बढ्दै गए पनि कच्चापदार्थ गहुँको उत्पादन भने बढाउन सकिएको छैन । भारत, अस्ट्रेलिया, मेक्सिको, टर्कीलगायतका देशबाट नेपालमा गहुँ आयात हुने गरेको छ । चालू आर्थिक वर्षको चार महिनामा मात्रै ९८ करोड ६७ लाख रुपैयाँ बराबरको २० हजार २ सय ७९ मेट्रिक टनको गहुँजन्य वस्तु आयात गरिएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।  गत आर्थिक वर्षमा १० हजार १ सय १२ मेट्रिक टन गहुँजन्य वस्तुको आयात भएको थियो । सो बापत ६८ करोड ८४ लाख ३८ हजार रुपैयाँ बाहिरिएको थियो । 

बढ्दो सहरीकरणले एकातिर गहुँ खेतीयोग्य जमिन घट्दै गएको छ भने अर्कोतिर सानो क्षेत्रमा खेती गर्ने किसानहरू अहिले अन्य खेतीतिर आकर्षित भएका छन् । यसले केही रूपमा गहुँ खेतीलाई प्रभावित पारेको छ । गहुँको उत्पादन बढाउन आवश्यक पूर्वाधार भनेको उन्नत जातको बीउ, रासायनिक मल र सिँचाइ हो । यसैको अभावमा किसानले चाहेर पनि गहुँको उत्पादन बढाउन नसकिरहेको विज्ञको भनाइ छ । त्यसैले यस्ता कुरामा सरकारले ध्यान दिने हो भने गहुँको उत्पादन बढाउन सकिन्छ । 

जसबाट नेपाल गहुँमा आत्मनिर्भर मात्र होइन, निर्यात गर्न सक्ने सम्भावना पनि उच्च छ । त्यसो भए कसरी नेपाल गहुँमा आत्मनिर्भर बन्छ ? गहुँ उत्पादनमा देखिएका समस्या र अवसरका विषयमा केन्द्रित रहेर फरकधारका लागि रेखा श्रेष्ठले वरिष्ठ वैज्ञानिक तथा गहुँ प्रजनक डा. ध्रुवबहादुर थापासँग गरेको कुराकानी :

 





  • प्रकाशित मिति : मंसिर २४, २०८० आइतबार १९:२१:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया