भारतमा नेपाली युवकमाथि गोली प्रहार

नेपाल–भारत सीमा क्षेत्रमा गोली प्रहार हुँदा एक नेपाली युवक घाइते भएका छन् । गोली प्रहारबाट आइतबार साँझ विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीय निर्दोष संग्रौला घाइते भएका हुन् । 

महानगरसँग जोडिएको भारतीय भूमिमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो । बायाँ तिघ्रामा गोली लागेका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा कक्षमा भइरहेको प्रहरीले जनाएको छ । 

उपभोग्य खाद्यवस्तु किनेर सीमावर्ती भारतीय बजार जोगबनीबाट फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको संग्रौलाले बताएका छन् । मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले घटनाबारे अनुसन्धान भइरहेको बताए । 





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार ११:३०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया