logo-img

आइसिसी यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक

आइसिसी यू–१९ विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । यू–१९ विश्वकप आउँदो जनवरीमा दक्षिण अफ्रिकामा हुनेछ ।

विश्वकपमा सहभागी १६ देशलाई ४ समूहमा बाँडिएको छ । नेपाल समूह डीमा परेको छ । नेपाल रहेको समूहमा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन् ।

समूह ए मा भारत, बंगलादेश, आरल्याण्ड र अमेरिका, समूह बी मा इङल्याण्ड, दक्षिण अफ्रिका, वेष्ट इन्डिज र स्कटल्याण्ड, समूह सीमा अष्ट्रेलिया, श्रीलंका, जिम्बाबे र नामिबिया छन् ।



तालिकाअनुसार नेपालले पहिलो खेल न्युजिल्यान्डसँग जनवरी २१, दोस्रो खेल पाकिस्तानसँग जनवरी २४ र तेस्रो खेल अफगानिस्तानसँग जनवरी २६ मा खेल्नेछ । 

नेपाली यू–१९ टिम अहिले यूएईमा एसिया कप खेलिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २५, २०८० साेमबार २१:२३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया