logo-img

‘एनिमल’सँग प्रतिस्पर्धा गर्दै ‘सामबहादुर’, कसको कमाइ कति ?

सन् २०२३ बलिउडका लागि राम्रो साबित भएको छ । यो वर्ष धेरै चलचित्रले टिकट विन्डोमा मनग्य नाफा कमाएका छन् । डिसेम्बर महिनामा पनि हलमा दर्शकको घुइँचो लागेको छ । 

१ डिसेम्बरमा रिलिज भएको ‘एनिमल’ र सामबहादुरले दर्शकको निकै माया पाएका छन् । एकातिर रणवीर कपूरको फिल्मले कमाइको धेरै रेकर्ड बनाउन सफल भएको छ । यससँगै सामबहादुरले कन्टेन्टका आधारमा पनि मानिसको मनमा स्थान बनाउन सफल भएको छ ।

मानिसहरू लामो समयदेखि ‘एनिमल’को पर्खाइमा थिए । सन्दीप रेड्डी वांगाको यो फिल्ममा रश्मिका मन्डन्ना, बबी देओल र अनिल कपूर मुख्य भूमिकामा छन् । यो फिल्मले पहिलो दिनदेखि नै धमाका मच्चाएको थियो । फिल्मले पहिलो हप्तामा ३००.८१ करोडको व्यापार गरेको थियो । 

धेरै छोटो समयमा यसले ४ सय करोड क्लबमा स्थान बनायो । तर, बिस्तारै फिल्मको कमाइको गति सुस्त हुँदै गएको छ । पछिल्लो तथ्यांकअनुसार फिल्मले दोस्रो सोमबार १३.४ करोड कमाएको छ । योसँगै फिल्मको कुल कमाई ४४४.६७ करोड पुगेको छ । यो फिल्म छिट्टै ५०० करोड क्लबमा सामेल हुने विश्वास गरिएको छ ।

योसँगै ‘साम बहादुर’ले पनि बक्स अफिसमा राम्रो कमाइ गर्न सफल भएको छ । यो फिल्मले कन्टेन्ट नै वास्तविक राजा हो भन्ने प्रमाणित गरेको छ । मेघना गुलजारले निर्देशन गरेको यो फिल्म फिल्ड मार्सल साम मानेकशाको जीवनमा आधारित छ ।

फिल्ममा विक्की कौशलको अभिनयको तारिफ भइरहेको छ । यसमा सान्या मल्होत्रा र फातिमा सना शेखको पनि महत्वपूर्ण भूमिका छ । फिल्मले सोमबार २ करोड कमाएको थियो । योसँगै फिल्मको कुल कलेक्सन ५८.५५ करोड पुगेको छ ।





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ११:३६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया